ललितपुर जिल्लामा बाइक मर्मत कार्यमा संलग्न अटो मेकानिक्सहरुको संस्था, नेपाल अटोमेकानिक्स व्यवसायी संघ र क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल लुब्रिकेन्टसको प्रायोजनमा अहिले दुईपांग्रे सवारीसाधन मर्मतकार्य गर्ने वर्कशपहरुमा नयाँ मूल्यसुची धमाधम राखिने कार्य भैरहेको संघका अध्यक्ष रुद्र खड्काले बताउनुभयो ।
ललितपुर क्षेत्रका वर्कशपहरुको संगठन भएपनि सदस्यता नलिएका वर्कशपहरुमा पनि नयाँ मूल्यसुची निःशुल्क वितरण गरिने र यस मुल्यसुचीले ग्राहकहरुलाई निकै सजिलो र सबै वर्कशपहरुमा एकैखाले मुल्य हुँदा वर्कशप व्यवसायीहरुबिच सुमधुर सम्बन्ध बढि व्यवसाय पनि बढ्ने निवर्तमान अध्यक्ष राजकुमार विकले जानकारी दिनुभयो ।
ललितपुर जिल्लामा बाइक मर्मत कार्यमा संलग्न अटो मेकानिक्सहरुको यो संस्थाले समय समयमा विभिन्न मनोरञ्जनात्मक र जानकारीमूलक कार्यक्रम गर्दै आएको छ ।