ल्याम्बर्गिनी एलबी७४४ मा अब कार्बन फाइबर मोनोकोक चेसिस

Lamborghini ले अन्ततः हामीलाई उनीहरूको अर्को फ्ल्यागशिपको आधिकारिक विवरण दिएको छ।

Aventador लाई कोडनेम LB744 द्वारा रिप्लेस गरिएको छ। इटालियन मार्कले हामीलाई ग्लोबल प्रिमियर अघि नै यसको पहिलो झलक देखाएको छ।

LB744 मोनोकोकलाई Lamborghini द्वारा ‘monofuselage’ भनिन्छ। यो मोनोकोक १० प्रतिशत हल्का छ।

यसको टोर्सनल स्टीफ्नेस 25 प्रतिशतले बढेको छ। सुपरकार चेसिसको अगाडिको सम्पूर्ण भाग मात्र कार्बन फाइबरबाट बनेको छ।

हल्का कार्बन फाइबर सुरक्षित हुन्छ र यसले दोब्बर ऊर्जा एब्जर्ब गर्न सक्छ।

पावरट्रेन र सस्पेन्सन समाहित गर्न पछाडिको भागमा एल्युमिनियमको एलोइ प्रयोग गरिन्छ।

पावरट्रेनमा 3.8kWh ब्याट्री प्याक थपिनेछ जुन पहिलो पटक 6.5-लिटर V12 मा जोडिनेछ। यो पहिले भन्दा 17kg हल्का हुनेछ।

नयाँ आठ-स्पीड डुअल-क्लच अटोमेटिक गियरबक्सले सबै पावर पाङ्ग्राहरूमा ट्रान्सफर गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *