वार्षिक सम्मेलन २०२३ मा, BMW ले आधिकारिक रूपमा नेक्स्ट जेनेरेशन ५ सिरिजको टिजर सार्वजनिक गर्यो। यो वर्ष 5 सिरिज नेमप्लेटको 50 औं वार्षिकोत्सव हो।
यसको ग्लोबल डेब्यूको लागि अझै केही महिना बाँकी छ। सुरुमा यसको कन्सेप्ट खुल्नेछ र त्यसपछि यसको प्रोडक्शन भर्सन सार्वजनिक हुनेछ।
नयाँ ५ सिरिज फ्लेक्जिबल पावरट्रेन आर्किटेक्चरमा आधारित हुनेछ। यसमा i5 EV बाहेक प्लग-इन हाइब्रिड, माइल्ड-हाइब्रिड, पेट्रोल र डिजेल पावरट्रेन विकल्पहरू हुनेछन्।
यो G30 भन्दा डाइमेन्सनमा ठूलो हुनेछ र केबिन भित्र OS8.5 सहितको नयाँ कर्भ डिस्प्ले हुनेछ। i5 ले सम्भवतः आफ्नो पावरट्रेन i4 M50i सँग साझेदारी गर्नेछ।
नेक्स्ट-जेन BMW 5 सिरिज सेडानको विश्वव्यापी लन्च अक्टोबर 2023 मा हुने तय छ। यो Dingolfing कारखानामा निर्माण हुनेछ।