रनयाङ स्कुटरमा रु. १५,००० को छुट

विश्वकप लिग २ अन्तर्गतको हिजको अन्तिम खेल नेपालले जितेर इतिहास रचेको छ । यो अवसरमा रनयाङ स्कुटर कम्पनीले क्रिकेट खेल प्रेमीहरूलाई खुसी दिन चाहेको छ ।

हिजोको खेलको टिकट लिएर आउने उपभोक्तालाई कम्पनीले प्रत्येक स्कुटरको खरिदमा रु. १५,००० को नगद छुट दिने भएको छ । कम्पनीले यो छुट केबल १५ दिनको लागी मात्र दिएको छ ।

साथै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाल सिधै छनोट भएकोमा कम्पनीले नेपाली टोलिप्रती हार्दिक आभार व्यक्त गरेको छ ।

चाइनाको रनयाङ कम्पनीले उत्पादन गरेका स्कुटर र बाइक नेपालमा एचजी मोटर्सले बिक्री वितरण गर्दै आएको छ । यो कम्पनीले उपत्यका बाहिर ९ वटा डिलर मार्फत अडरको आधारमा मोटर साइकल बिक्री गरिरहेको छ ।

सुरुमा कम्पनीले दुइ वटा मोडलका स्कुटर र एउटा मोडलको मोटर साइकल पनि ल्याएको छ । स्कुटरको एउटा मोडल क्लाइमर किङ हो भने अर्को मोडल रनर किङ हो । क्लाइम्बर किङमा ३,००० वाटको मोटर रहेको छ ।

यो लिड एसिड र लिथियम आयन दुबै व्याट्री भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य लिड एसिडमा १ लाख ८५ हजार रहेको छ भने लिथियम आयनमा २ लाख २५ हजार रहेको छ ।

त्यस्तै २००० वाट ब्याट्री क्षमता रहेको रनर किङमा पनि दुबै खालका व्याट्रीको अप्सन रहेको छ भने यसको मुल्य लिड एसिडमा १ लाख ७५ हजार र लिथियम आयनमा २ लाख १५ हजार रहेको छ ।

यी दुबै स्कुटरले १२० किलोमिटर सम्मको माइलेज दिन्छन् तथापी कम्पनीले ८० प्लसको माइलेज तोकेको छ ।

कम्पनीसँग एउटा मोडलको प्याथोन नामक बाइक पनि रहेको छ । यो बाइक भने कम्पनीले अडरको आधारमा मात्रै ल्याउने गरेको छ। यो बाइकमा पनि कम्पनीले दुबै खालका ब्याट्रीको अप्सन उपलब्ध गरेको छ।

त्यस्तै धेरै माइलेजको लागी यो बाइकमा २ वटा ब्याट्री अप्सन पनि कम्पनीले राखेको छ । बाइक स्पोर्टी लुकमा उपलब्ध छ । यसको मूल्य हाल कम्पनीले ३ लाख ५० हजार तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *