सुजुकीको ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा“ सार्वजनिक

नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGENले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा“ सार्वजनिक गरेको छ।

सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै “Crafted Futurism Design Language” को प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ।

सुजुकीको लेजेण्डरी All-Grip टेक्नोलोजीले यस एसयूभीको अफ-रोड क्षमता बढाउँछ। साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ।

ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने “Full Hybrid” प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट-जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ ।

एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ।

नयाँ ब्रेजामा हाई-टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ।

CG|Holdings का कार्यकारी निर्देशक करण चौधरीका अनुसार “पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ ।

यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ conditions हुन जसको लागि एसयूभी उचित हुन्छ ।

साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन।

सेगमेन्ट-फर्स्ट सुविधाहरू,प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा GAME CHANGER हुनेछ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *