नेपाल अटोमोबाइल्स् एसोसिएसन(नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कुल्सको अभिमुखीकरण कार्यक्रम नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय, हेटौंडामा गत ८ मार्चमा सम्पन्न भएको छ।
कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफ वानइन स्कूल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो भने एफ वान इन स्कूल्सका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले एफ वान इन स्कूल्सको अभिमुखिकरण दिएका थिए।
यसै गरी काठमाडौँ इन्जिनियरिङ कलेजका उपप्रध्यापक ई. मञ्चन तिवारी एफ वानइन स्कूल्सको गाडि बनाउदा प्रयोग हुने क्याड र क्याम र डिजाइन गर्दा लाग्ने एरोडाइन्यामिक फोर्सका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा नवोदय स्कूलका निर्देशक अव्यक्त खनालले ५० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको जनाउँदै र स्कुलको यस कार्यक्रममा पूर्ण साथ सहयोग रहने बताउनुभयो।
नासा नेपाल र काठमाडौँ इन्जिनियरिङ कलेजले संयुक्त रुपमा विद्यार्थी केन्द्रित स्कूल्स टु ट्रयाक, कार्टिङ्ग कम्पिटिसन र इ स्पोटस्कार्यक्रमहरु आयोजना गर्देछ।