भोलि कारस् एण्ड कफी इभेन्ट हुँदैछ

जिओन कस्टमले भोली शनिवार विहान ८ बजेदेखी बेलुकी ३ बजे सम्म सुजुकी ड्राइभिङ स्कुल एकान्तकुनामा कारस् एण्ड कफि इभेन्ट गर्दैछ । यो गाडी कस्टमाइजेसन र ट्राभल टुरको काम गर्ने सँस्था हो ।

यसका सँस्थापक अश्मिन श्रेष्ठका अनुसार यो इभेन्ट गाडीका पारखीहरुको कम्युनिटी इभेन्ट हो । यहाँ पुरानो गाडी देखि नयाँ गाडी भएका मानिसहरुको जमघट हुन्छ ।

आएका सवारी चालकलाई त्यहाँका स्वयंसेवकले ७ सेगमेन्ट जतीमा विभाजन गरेर गाडीको क्याटागोरी अनुसारको पार्किङ गर्न लगाउछन् र उनिहरुलाई विभिन्न खालका कृयाकलापमा समावेस गराउछन् ।

इभेन्ट स्थलमा गाडीको पार्किङको अतिरिक्त कफि र खाजाका लागी केही रेष्टुरेन्टका अतिरिक्त रेन्टल कम्पनी, टायर कम्पनी, एसोसेरिज कम्पनी, वर्कशप लगायतका स्टल पनि राखिएको हुन्छ ।

त्यहाँ उपस्थित सवारी चालक र अन्य व्यक्तिहरुले कफि खाँदै गाडीहरुको वारेमा अन्तकृया गर्ने, परिचय गर्ने र आवस्यक जानकारी लिने कार्यक्रम इभेन्टमा समावेस भएको छ ।

कार्यक्रममा नासा नेपाल र ट्राफिक प्रहरीको तर्फबाट रोड सेफ्टीको बारेमा जानकारी दिने कार्यक्रम पनि समावेस भएको छ । यो इभेन्टमा एउटा फरक हिसावले सक्षम व्यक्तिहरुको सँस्थाको लागी केही कोष संकलन गर्ने कार्यक्रम पनि रहेको छ । जसमा आयोजकको तर्फबाट केही कोष राखिने छ ।

कार्यक्रममा १५० जती कारको सहभागी हुने अपेक्षा रहेको छ । ति सवारी चालकलाई आयोजक कम्पनीे र सहभागी हुने कम्पनीको पिआरको आधारमा निमन्त्रणा गरिएको छ ।

इभेन्टमा रमाइलोको लागी टि, कफि, गेम र स्टल राख्ने कम्पनीको तर्फबाट गिफ्ट ह्याम्पर दिने व्यवस्था पनि गरिएको छ । त्यस्तै स्टलमा रहने रेष्टुरेन्टमा बारसिङ्गे वियर राखिएको छ ।

वियर पिउनेले गाडी चलाउन नमिल्ने भएकोले पिउनेलाई ड्रप गर्ने व्यवस्था पनि आयोजकले गरेको छ । यो सँस्थाले यो भन्दा अगाडी मोटरसाइकलस् एण्ड कफी नामक इभेन्ट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *