छपाइभन्दा ट्रायल पास हुनेको संख्या बढी भएकाले यातायात कार्यालयले स्मार्ट लाइसेन्स समयमै दिन नसकिएको बताउँदै आएका छन् ।
यातायात व्यवस्था विभागका अनुसार दैनिक चार हजार स्मार्ट लाइसेन्स छपाइ हुन्छ । तर, यो निकै अपुग भएको विभागका प्रवक्ता पाण्डेले जानकारी दिए ।
उनका अनुसार मागभन्दा छपाइ कम भएपछि स्मार्ट लाइसेन्स लिन महिनौ पालो कुर्नु परेको हो ।
उनले पेन्डिङमा रहेका कार्ड छपाइ गरेर वितरणका लागि विदेशबाट १४ लाख स्मार्ट कार्ड ल्याउने तयारी भएको बताए ।
‘हामीले बाहिरबाट खाली कार्ड किनेर यहाँ छपाइ गर्छौँ । त्यसका लागि थप कार्ड खरिद हुँदैन,’ उनले भने, ‘यो खरिद सकिएपछि सेवाग्राहीले स्मार्ट कार्डका लागि धेरै समय कुर्नुपर्दैन ।’
उनका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतको सर्भर सिस्टमबाट विदेशमा समेत डाटा पुग्ने र चोरी हुन सक्ने समस्या पनि हटेको छ । हाल विभागको आफ्नै डाटा सिस्टमबाट कार्ड छपाइ हुन्छ ।
Post Views: 109