महिन्द्रा ट्रियो इलेक्ट्रिक सिन्धुलीमा

सिन्धुलीमा महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्राका आधिकारिक विक्रेता इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे कम्पनीले जनाएकाे छ ।

कमलामाई नगरपालिका-६ राम्माडी, सिन्धुलीमा ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरिएकाे हाे ।

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो ।

अग्नि इनर्जीका कमलामाई नगरपालिका-६ राम्माडी, सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभान्वित हुनेछन् ।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियाेले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने कम्पनीकाे दाबी छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ ।

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,००० सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *