देशकै पहिलो फ्लाइओभर

राजधानीको चक्रपथ खण्डको ग्वार्कोमा देशकै पहिलो फ्लाइओभर निर्माण सुरु भएको छ। फ्लाईओभर निर्माण सुरु भएसँगै यहाँको सडकमा लामो ट्राफिक जाम  भएको छ।

ठेकेदार कम्पनीले दुई दिनदेखि काम गरेको छैन। तर सडक छकेर बीचको चार लेन बन्द गरिएको छ।

फ्लाइओभर निर्माणको क्रममा ग्वार्कोबाट बालकुमारीतर्फको सडक बन्द गरिएको कारण ट्राफिक जाम परेको हो।

दिउँसोपख खासै ट्राफिक समस्या नदेखिए पनि साँझ र विहान ग्वोर्कोबाट अघि बढ्न लामो समय कुर्नुपर्ने अवस्था छ।

पछिल्लो समय ट्राफिक प्रहरीले कोटेश्वर र सातदोवाटोबाट ट्राफिक डाइभर्सन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *