क्युमिन्स इन्डियाको नेपालका लागि आधिकारिक वितरक शुभम पावर मल्टी ट्रेडर्स प्रालिले फ्लिट मिट सम्पन्न गरेको छ ।
सो कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका रिटेलरहरुको सहभागिता रहेको थियो ।
क्युमिन्स इन्डियाले इन्जिन पार्ट्सका साथै फिल्टर, कम्पोनेन्ट, क्लच, अटोमोटिभ ब्याट्रिज, कुलन्ट, ब्रेक लाइनिङ आदि उत्पादन गर्छ ।
केही समय देखि नेपाली बजारमा बिक्री–वितरण हुँदै गरेको ३९५ र ४३० डायाको क्लचका साथै ब्रेक लाइनिङ लगायतका विभिन्न पार्ट्स सार्वजनिक गरिएको थियो ।
सो अवसरमा शुभम पावरका अध्यक्ष एकारत्न आचार्यले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा समेत साथ दिने विश्वास व्यक्त गरे ।
उनले २००७ देखि नै जेन सेटलगायतका विभिन्न उपकरण उपलब्ध गराउदै अएको शुभम पावरले २०२२ देखि क्युमिन्सका उपकरण समेत बिक्री–वितरण गर्दै आएको जानकारी दिए ।
क्युमिन्स इन्डियाका नेपाल प्रतिनिधि तथा सेल्स म्यानेजर राजदीप कुमारले क्युमिन्सका सबै उत्पादन र यसको विशेषता वारेमा जानकारी प्रदान गरे ।
उनले नेपालमा छिट्टै नै क्युमिन्सको सर्भिस सेन्टर स्थपना गर्ने तयारी भइरहेको बताउदै यसबाट कुनै इन्जिन वा अन्य पार्ट्स मर्मत गर्नु परेमा सहज हुने बताए ।
शुभम पावरका म्यानेजिङ डाइरेक्टर गोविन्द प्रसाद आचार्यले ग्राहकको आवश्यकता बमोजिमका उपकरण उपलब्ध गराउदै जाने क्रममा पछिल्लो समयमा क्युमिन्स इन्डियाका विभिन्न उपकरण र पार्ट्स उपलब्ध गराएको बताए ।
शुभम पावरले हेभी इक्विपमेन्टका लागि आवश्यक अन्य पार्ट्सका साथै क्युमिन्स ब्रान्डको समेत आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।