महिन्द्राको इलेक्ट्रिक थ्री-व्हीलरको संचयी बिक्री ५० हजार नाघेको कम्पनीले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेड (MEML) ले यो महिना आफ्नो ५०००० इलेक्ट्रिक थ्री-व्हीलर ग्राहकको माइलस्टोन मनाएको छ।
महिन्द्रा इलेक्ट्रिकले 2017 मा ई अल्फा मिनीको साथ आफ्नो इलेक्ट्रिक 3-व्हीलर यात्रा सुरु गर्यो, र त्यसपछि सफलतापूर्वक Treo, Treo Yaari, Treo Zor, र e Alfa कार्गो लन्च गरेको छ।
बिक्री भएका सबै इलेक्ट्रिक महिन्द्रा थ्री-व्हीलरहरूमध्ये, Treo रेन्जले सबैभन्दा धेरै अवार्डहरू प्राप्त गरेको छ जसमा सन् २०१९ को इलेक्ट्रिक थ्री-ह्वीलरका लागि अटो रिटेल मार्केटिङमा उत्कृष्टताका लागि ग्लोबल अवार्डहरू र मेड-इन-इन्डिया इनोभेसनहरू रहेका छन्।