भोल्भो XC40 २ घण्टामा बिक्यो

भारतमा भोल्भो XC40 रिचार्जले खरिदकर्ताहरूबाट अत्याधिक प्रतिक्रिया पाएको छ। कम्पनीले बुकिङ खोलेको २ घण्टामै आफ्नो अल-इलेक्ट्रिक एसयूभी २०२३ को लागि बिक्री भइसकेको घोषणा गरेको छ ।

भोल्भो XC40 को भारतमा रिचार्ज डेलिभरी अक्टोबरबाट सुरु हुनेछ। विश्व प्रसिद्ध अटोमोबाइल जायन्टले यो वर्षको अन्त्यसम्ममा १५० थान ईभी डिलिवरी गर्ने योजना बनाएको छ ।

भारतमा भोल्भो XC40 रिचार्जको अनलाइन बुकिङहरू ब्रान्डको आधिकारिक वेबसाइटमा जारी रहनेछ, यद्यपि यी मोडलहरूको डेलिभरी यस वर्ष हुने छैन।

भोल्भो XC40 रिचार्ज भारतको पहिलो स्थानीय रूपमा एसेम्बल गरिएको लक्जरी ईभी हो र यो कर्नाटकको बेंगलुरु नजिकैको कम्पनीको होस्कोटेप्लान्टबाट रोलआउट गरिनेछ। यसलाई हालै रु ५५.९० लाख (एक्स-शोरूम) मा लन्च गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *