पुल नबन्दा सास्ती

तिनकुने बागमती नदीमा चार लेनको दुईवटा मात्रै पुराना पुल छन् । तर, दायाँबायाँ दुवैतर्फका आर्क ब्रिज नबन्दा पिक–आवरमा सवारी जामको सास्ती हुने गरेको छ ।

ठेकेदार कम्पनीले काम सुरु गरेर लापरबाही गरेपछि सरकारले दुई वर्षअघि नै पप्पुसँग ठेक्का तोडेको थियो । त्यसपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएर काम सुरु गरिएको हो ।

यसअघि ०७१ मा सडक विभागले तिनकुने र बिजुलीबजारको आर्क ब्रिज एकै समयमा निर्माण थालेको थियो ।

तर, बिजुलीबजारको पुलको काम करिब चार वर्षअघि नै सकिएर सञ्चालनमा आए पनि तिनकुनेको भने ठेकेदार कम्पनीको कारणले अलपत्र थियो ।

ठेकेदार कम्पनीले फाउन्डेसन र सबस्ट्रक्चरको काम गरे पनि गुणस्तरीय नभएपछि सरकारले रोकेको थियो । त्यतिवेला २१ करोड लागतमा ठेक्का लगाइएको थियो ।

पुल बनेपछि जामको सास्ती कम 
कोटेश्वर र नयाँबानेश्वरतर्फबाट आउने सवारीसाधनको चापका कारण तिनकुनेस्थित बागमती पुलमा जाम हुन्छ ।

सडक आठ लेन बनिसके पनि त्यसलाई वारपार जोड्ने दुईवटा पुल नबन्दा ओहोरदोहोरमा सास्ती हुने गरेको छ ।

२०७१ मै सुरु भएको बिजुलीबजारको आर्क ब्रिज निर्माण सकिएपछि त्यस क्षेत्रमा जामको सास्ती कम भए पनि सँगै निर्माण कार्य थालिएको तिनकुनेमा भने हालसम्म पनि आर्क ब्रिज बनेको छैन ।

नयाँ ठेकेदार कम्पनीले ४२ महिनामा आर्क ब्रिज तयार पारेपछि यहाँको ट्राफिक जामको सास्ती कम हुने आयोजनाले जनाएको छ ।

तिनकुने पुलमुनिदेखि करिडोर जोड्ने एकातर्फको सडक खुले पनि एकातर्फको भने बन्द छ । करिडोर सडक खोल्ने, कालोपत्रे गर्ने र हरियाली पार्ने जिम्मा सुविधासम्पन्न बागमती एकीकृत विकास समितिको होे ।

तर, समितिले पुलमुनि दायाँबायाँ करिडोर सडक नखोल्दा मुख्य सडकमा जामको सास्ती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *