जथाभावी पार्किङ्गका सवारीसाधन महानगरले उठाउँदै

काठमाण्डौं उपत्यकाका महानगरले सडक किनारमा जथाभावी पार्किङ्ग गरी राखेका सवारीसाधनलाई धमाधम उठाएर लगिरहेका छन् ।

काठमाण्डौं र ललितपुर महानगरले यो कार्यलाई तिब्रताका साथ लागु गरिरहेका छन् । दुइपाँग्रे सवारीसाधन भए तत्काल नै महानगरको ट्रकमा हालेर लैजाने तथा चार पाँग्रे सवारीसाधन भए लक लगाएर राखिदिने गरेको पाइन्छ ।

त्यसपछि निश्चित जरिवाना तिराएर मात्र सवारीधनीलाई सवारीसाधन बुझाउने गरिन्छ ।

त्यसैपनि उपत्यकाका सडक साँघुरा रहेका र ट्राफिक जाम भइरहने कारण पनि यस्तो गर्नुपरेको महानगरको प्रतिक्रिया छ ।

तर आवश्यक पार्किङ्गको व्यवस्था नगरीकन यसरी सर्वसाधारणको सवारीसाधन माथि कारवाही गर्नु न्यायोचित नभएको आम सवारीधनीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *