फोर्सको अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर पोखरामा

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई विक्री पछिको सेवा उपलब्ध गराउन अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टरको उद्घाटन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीले यसअघि चाउथेमै नयाँ शोरुम संचालनमा ल्याइसकेको छ र सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा आएसंगै ग्राहकले अत्याधुनिक सेवा सुविधा सहित गाडीको मर्मत सम्भार गराउन सक्ने आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।

कम्पनीले विगत ८ वर्षदेखी नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात गरी बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री बितरण गर्दै आइरहेको छ ।

साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् । काठमाण्डौंको गैरीधारामा तथा इटहरीमा कम्पनीको आफ्नै शाखा रहेको छ ।

कम्पनीले हाल देशभरका २२ वटा डिलर नेटवर्क मार्फत फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउने योजना वनाएको छ भने केही समय अघि गुर्खा जिप ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *