इलेक्ट्रिक स्कुटरको बजारमा नयाँ परिवर्तनको संकेत

इलेक्ट्रिक स्कुटरलाई बजारमा स्थापना गर्न अहिले भएका कम्पनीहरुको निक्कै ठुलो भुमिका रहेको छ भन्दा अत्युक्ति नहोला ।
एक दशक अघिको इलेक्ट्रिक स्कुटरको बजारलाई हेर्ने हो भने त्यतिबेला निक्कै कम गुणस्तरका र सस्ता स्कुटरले केहि समय बजार त लिए । तर धेरै समय टिक्न सकेनन् ।
तर अहिले केहि बर्ष देखि नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको बजार करिब करिब स्थापित भएजस्तै देखिएको छ । पेट्रोलबाट चल्ने स्कुटरको जस्तो बजार नभएपनि कमसेकम आशातित बजार लिन सफल भइरहेको भान हुन्छ । यसको लागि अहिले भइरहेका कम्पनीहरुको अहम भुमिका हो भन्न सकिन्छ ।
तर पनि केहि त्रुटी भने नभएको होइन । अझै पनि कतिपय कम्पनीहरुले गुणस्तरमा ध्यान दिएको पाइदैन । बिक्रि पछिको सेवाको लागि तयारी नै नगरेको पनि देखिन्छ । आवश्यक स्पेयर पार्टस् पनि सबैले स्टक राखेको पाइदैन । वारेन्टी, नियमित सर्भिस तथा भैपरि आउने सेवाको लागि कुनै तयारी नै नगरेका कम्पनीहरु पनि नेपालमा धेरै नै छन् ।
त्यसको साथसाथै अत्याधिक मुल्य राख्नाले पनि यसतर्फ ग्राहकको ध्यान आकृष्ट हुन धौ धौ भइरहेको छ । सरकारले भन्सार लगायतमा दिएको छुट तथा सुविधा जनताको लागि हो । तर धेरैजसो व्यवसायीहरुले यसलाई आफ्नो नाफाको लागि मात्र उपयोग गरिरहेका छन् । सरकारी छुट तथा सुविधाको फाइदा जनताले लिन पाइरहेको अवस्था देखिदैन ।
पाइएको अवस्था छ । जस्तो कि मानौं २ लाख ५० हजारमा बजारमा पेट्रोलबाट चल्ने स्कुटर निक्कै राम्रो पाइन्छ । तर त्यति नै राम्रो इलेक्ट्रिक स्कुटर खरिद गर्न अरु १ लाख रुपैया बढी तिर्नुपर्ने अवस्था देखिन्छ ।
व्यवसायीले चीनबाट सस्तो मुल्यको इलेक्ट्रिक स्कुटर ल्याएर नेपालमा मनोमानी रुपमा मुल्य राखेर बेचेको पनि पाइन्छ ।
व्यवसाय गर्नका लागि आवश्यक ज्ञान नभएपनि लगानी क्षमताको कारणले केहि थान स्कुटर चीनबाट ल्याउने र नेपालमा बिक्रि गर्ने मात्र पनि व्यवसायी बजारमा देखिएका छन् । त्यस्ता व्यवसायीहरुले १/२ लट स्कुटर ल्याउन र बेच्न त सक्लान । तर व्यवसायको निरन्तरता दिन सकेनन् भने के होला भन्ने चिन्ता र चासो पनि बढिरहेको छ ।
तर अब समय अलि फेरिएला कि जस्तो देखिएको छ ।
नेपाल लगायत विश्वबजारका स्थापित कम्पनीहरुले अब पेट्रोलबाट चल्ने स्कुटरको सँगसँगै त्यहि मोडेल वा नयाँ मोडेललाई इलेक्ट्रिक भर्सनमा बजारमा उतारिरहेका छन् । भारतीय बजारमा पनि बजाज, टिभिएस, हिरो लगायतका स्थापित कम्पनीहरुले आफ्ना स्कुटरहरुलाई इलेक्ट्रिक भर्सनमा उतारिहेका छन् ।
यी उल्लेखित कम्पनीहरुको व्यापार नीति निकै उत्कृष्ट रहेको कुरा त उनिहरुको इतिहास र हालको अवस्था हेरेर सजिलै मुल्याँकन गर्न सकिन्छ । गुणस्तरीय र प्रतिष्पर्धि उत्पादन, बिक्रि पछिको उत्कृष्ट सेवा र सहुलियतपुणर् मुल्यका कारण आजसम्म बजारमा यिनिहरुको राज छ भन्दा फरक नपर्ला ।
उनीहरुको डिलर नेटवर्क, सर्भिस नेटवर्क तथा स्पेयर पार्टस्को स्टक प्रशस्त हुने हुनाले ग्राहकलाई पनि खासै समस्या हुँदैन ।
उत्पादन गर्ने कम्पनी जापानमा भएपनि वा भारतमा भएपनि नेपालमा डिलर लिने कम्पनीलाई धेरै कुरामा नियन्त्रण गर्छन् ती कम्पनीहरुले ।
मनोमानी मुल्य राख्नेदेखि लिएर बिक्रि पछिको सेवा दिन नसक्ने कम्पनीलाई तुरुन्तै हटाएर अर्को सक्षम कम्पनीलाई डिलर दिने गर्दछन् ।
अब ती कम्पनीका गुणस्तरीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएभने अहिलेका गुणस्तरहिन र मनोमानी मुल्य राखेर बेचिरहेका इलेक्ट्रिक स्कुटरका धेरै कम्पनीहरु हराउन वाध्य हुनेछन् ।
अहिले पनि नेपाली बजारमा गुणस्तरीय इलेक्ट्रिक स्कुटर नभएका भने होइनन् । जसको गुणस्तर तथा बिक्रिपछिको सेवाको लागि आवश्यक ध्यान दिएर काम गरेका छन् भने उनीहरुको निरन्तरतामा कुनै प्रश्न उठ्ला भन्ने लाग्दैन ।
कतिपय अनुभवी व्यवसायीहरुले चिनिया तथा भारतीय ब्राण्ड भएपनि गुणस्तरीय इलेक्ट्रिक स्कुटर आयात गरेका छन् । उनीहरुले आफ्नो डिलर नेटवर्क, सर्भिस नेटवर्क बढाउने देखि लिएर प्रशस्त स्पेयर पार्टस्को समेत स्टक राखेका पनि छन् ।
अबको समयमा पक्कै पनि गुणस्तरीय इलेक्ट्रिक स्कुटर तथा बाइकले बजार लिनेछन् र गुणस्तहीन इलेक्ट्रिक स्कुटर तथा बाइकललाई विस्थापित गर्नेछन् भन्ने आशा गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *