तेस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेष्टिवलको अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । छनोट भएका ११ फिल्मका लेखक र निर्माताको उपस्थितीमा नेपाल हाउस रेष्टुरेन्टमा आयोजना भएको कार्यक्रममा वरिष्ठ निर्देशक आर पि पन्त, एफ आई ए (FIA) का वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नबिन निरौला, नासा फाउण्डेशनका डा. पुष्प राजपन्त र भगवती सेढाई, ईश्वर बल्लभ उप्रेती र कमला क्षेत्रीले तालिम, अभिमुखीकरण र प्रस्तुती दिनुभएको थियो ।
नेपालमा भयाभह समस्या बनिरहेको मोटरसाइकलिङ दुर्घटना न्यूनिकरण गर्न उद्देश्यका साथ यस वर्षको थिम “Safety Riding Initiatives” र मोटरसाइकलिङ्ग सेफ्टी राखिएको छ । छनोट भएका स्कृप्टहरु “प्रबोध”, “लोकलचिया”, “सायद”, “Someone is Waiting”, “Patience”, “Mom Dad Gift”, “Influenced”, “सम्बन्ध” र “अटेरी केटो ”लाइ आगामी ३१ जनवरीमा देखाइने छ ।
फिल्म फेष्टिवलमा उत्कृष्ठ शीर्ष तीन विजेताहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिने छ ।
प्रथम हुने फिल्मले रु ५०,००० पाउने छ भने दोस्रो र तेस्रो स्थानका फिल्मलाई रु ३०,००० र रु २०,००० पाउने नासाका अध्यक्ष दशरथ रिसालले जानकारी दिनुभयो ।