नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भयो

– हरिबहादुर अधिकारी

आजभोली सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन् । विशेषतः शहरमा बस्ने शहरीयासँग कि त दुईपाँग्रे कि त चारपाँग्रे सवारीसाधन हुन्छ नै ।

सवारीसाधन भएपछि त्यसको नियमित सर्भिस तथा भैपरि आउने मर्मत सम्भार पनि गर्नै पर्यो । त्यसका अलावा पुरानो हुँदै गएपछि इन्जिन कै पनि मर्मत गर्नुपर्ने वाध्यता हुन्छ नै । इन्जिन नै मर्मत गर्नुपर्यो भने थुप्रो रकम खर्च हुनजान्छ ।

तर पुरानो भएको इन्जिनलाई नयाँ बनाउने सजिलो प्रविधि नानो सेरामिक कोटिङ्ग नेपालमा भित्रिसकेको छ । सवारीचालक वा सवारीधनीहरुले आजभोली यसको व्यापक प्रयोग गर्न थालेका छन् ।

सवारीसाधन पुरानो हुँदै गएपछि धुवाँ फाल्ने, मोविल खाने, पिकअप कमजोर हुने, माइलेज कम दिने जस्ता समस्या देखा पर्दछ । त्यो समस्या देखा पर्नु भनेको इन्जिनमा हुने रिङ्ग पिस्टन तथा ब्लक बोर खिइनु हो । त्यसरी खिइदाँ हुने ग्यापबाट मोविल धुवाँको रुपमा बाहिर निस्कन्छ र सवारीसाधनमा उल्लेखित समस्याहरु सिर्जना हुन जान्छ ।

जसलाई निराकरण गर्नका लागि इन्जिन नै खोल्नुपर्ने हुन जान्छ । तर नानो इनर्जाइजरले इन्जिन नखोलिकन नै त्यस्तो खालको ग्यापलाई सेरामिक कोटिङ्गको माध्यमबाट पुरिदिन्छ र समस्या समाधान गरिदिन्छ ।

नानो इनर्जाइजर एक किसिमको झोल पदार्थ हो । यो जब इन्जिन भित्र हालिन्छ, यसले ताप पाइसकेपछि ठोस रुपमा स्टिलको रुप लिन्छ ।

जुन इन्जिन भित्र खिइएर बनेको ग्यापमा गएर बस्छ । जसको कारणले इन्जिन नयाँ जस्तै हुन पुग्छ ।

अर्को कुरा, सवारीचालक वा सवारीधनीहरु प्रायः व्यस्त हुन्छन् । इन्जिन खोलेर बनाउँदा केहि दिन सवारीसाधन वर्कशप मै छोड्नुपर्ने हुन सक्छ । तर नानो इनर्जाइजर हाल्नको लागि ५ मिनेट पनि लाग्दैन ।

नानो हाल्ने वित्तिकै सवारीसाधन कुदाउन मिल्छ । इन्जिन खोल्न पनि पर्दैन । मोविलको क्याप खोलेर त्यसै मार्फत सिधै मोविल हाल्ने ठाउँ मै खन्याउने हो ।

यसको एकपटकको प्रयोगले सवारीसाधनलाई करिब २० हजार देखि ३० हजार किलोमिटरसम्म काम गर्दछ । ट्याक्सी नं. बा १ ञ १००९ का सवारीधनी हरिबहादुर अधिकारीले यसको प्रयोग चौथो पटक गरेका छन् । आफ्नो ट्याक्सीको इन्जिनमा समस्या आएपछि मर्मतका लागि तयार भएपनि नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *