विश्वमै लोकप्रिय E sports अब नेपालको मोटर स्पोटर्समा प्रवेश गरेको छ । सिमुलेटर प्रयोग गरि साच्चिकै ट्रयाकमा खेलेको अनुभुति हुने भएकाले विश्व भरी निकै लोकप्रिय यो खेल नेपालमा Frontier Motorsport ले जनवरी ५ देखी ८ सम्म “Virtual Hot-Lap Competition” आयोजना गर्दैछ ।
Frontier Motorsports का संयोजक दिग्विजय अधिकारले Mclaren 570s GT4 कारको प्रयोग गरि Zandvoort ट्रयाकमा खेलिने सो रेस जनवरी ५ र ७ मा बौद्धको G Café मा हुने र जनवरी ६ मा बालुवाटारको Café Soma मा हुने जानकारी दिएका छन् ।
ल्याप अनुसार शुल्क तिरेर प्रतियोगितामा भाग लिन सकिने उनले बताएका छन् । २ ल्याप रु १०० मा, ४ ल्यापको लागी रु २०० र रु ४०० मा १० ल्यापको रेसमा भाग लिन सकिने छ ।
तिन दिनसम्म चल्ने प्रतियोगिताका उत्कृृष्ट १० ल्यापका प्रतिस्पर्धीले जनवरी ८ को फाइनलमा खेल्ने छन् ।
अटोमोबाइलको अन्तर्राष्ट्रिय महासघं FIA ले पनि E sports केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै छ र मोटर स्पोटर्स् मूख्य विधाको रुपमा यो स्थापित हुदै छ भने सिङ्गापुरमा आयोजना हुने Olympic E sports को रेसिङ्गलाई निकै चासोको साथ हेरिएको छ ।
नेपालमा १५ वर्ष देखि मोटर स्पोटर्स्मा सम्लग्न नासा नेपालले E sports को टिम निर्माण गरि कार्यक्रमहरु आयोजना गर्दै छ ।
दिग्विजय अधिकार संयोजक रहेको सो टिममा जय प्रताप मास्के, सुयोग खनाल, सौगात राजभण्डारी, सिजन भट्टराई, रितेश उपाध्याय र अंकित भण्डारी रहेका छन् ।