चांगन अटोको नयाँ वर्ष अफर सार्वजनिक

चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी “Interest Free, This 2023” अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत चांगनको प्रिमियम सेडान “ALSVIN” लिन ईक्छुक ग्राहक वर्गहरुलाई २०२३ वर्ष भरि ०% ब्याज दरमा साधन उपलब्ध गराइने र यसै चांगनको प्रिमियम पिक-अप “HUNTER” को बिक्री मुल्यमा ५ लाख सम्मको फाईदा दिईने व्यवस्था रहेको हुँदा समयमा नै मौकाको फाइदा उठाउनु हुन ग्राहक बर्गहरुमा जानकारी गरिन्छ ।

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भए संगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ।

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नुहुनेछ । यसका साथै www.changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नु हुनेछ ।

चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्नसक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *