सार्वजनिक सवारीसाधनमा सास्ती

आजभोली काठमाण्डौं उपत्यका भित्र सँचालन हुने सार्वजनिक सवारीसाधनको यात्रा अत्यन्तै कष्टदायक छ भन्दा अत्युक्ति नहोला ।

चक्रपथ घुम्ने बसहरुमा बाहेक अन्य ठाउँमा जानको लागि आवश्यक सँख्यामा बस तथा मिनिबस नहुँदा यात्रुहरु ठेलमठेल गरेर यात्रा गरिरहेको पाइन्छ ।

चक्रपथबाट ३ ४ किलोमिटर मात्र बाहिरको स्थानमा जानु पर्यो भने पनि सजिलो सवारीसाधन पाउन मुस्किल हुन्छ । पाएपनि सिटमा बसेर यात्रा गरुँला भन्न गाह्रो छ ।

जसको कारणले वृद्धवृद्धा, विरामी तथा अपाङ यात्रुलाई झनै सास्ती छ ।

सार्वजनिक वस सँचालन गर्ने समिति वा कम्पनीको कारणले यस्तो समस्या आएको बताइन्छ । बसको सँख्या कम राखेर रुटमा चलाउने, नयाँ बस सँचालन गर्न नदिने जस्ता सिण्डिकेट प्रणाली अपनाउँदा समग्र यात्रुलाई समस्या भोग्नु परेको छ ।

विहान कार्यालयको समयमा र बेलुकी फर्किने समयमा सार्वजनिक सवारीसाधनमा यात्रुहरुको अवस्था झनै दयनीय हुन्छ । सिटमा बसेर यात्रा गर्ने त कुरै छाड्नुस् उभिएर यात्रा गर्न पनि नमिल्ने गरी ठेलमठेल भएको हुन्छ ।

सार्वजनिक सवारीसाधनको रुपमा बसहरु नै बढी छन् । ती बसहरुमा सरसफाई पनि नगर्नाले यात्रुहरु धुलो र मैलो भएका देखिन्छन् ।
व्यवस्थित बसपार्क वा विसौनी पनि प्रायः ठाउँमा हुँदैन ।

काठमाण्डौंको मुटु मै रहेको नेपाल वायुसेवा निगम अगाडि बाटो मै बसपार्क छ भन्दा फरक नपर्ला । अन्य ठाउँको त के कुरा गर्नु र ?
बस वाहेक टेम्पु तथा साना माइक्रो वसमा पनि यात्रुहरुलाई टाउको भित्र छिराएर निहुरिन लगाउँछन् ।

चोकमा टाफिकले देख्छ कि भनेर त्यसो गरेको बताउँछन् । तर यात्रुलाई पर्ने असरलाई भने वेवास्ता गर्छन् ।

टाफिक प्रहरीले पनि यथेष्ट रुपमा अनुगमन र कार्वाहि नगर्नाले यस्तो लापरवाही बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *