३ बर्षको अन्तरपछि अबको करिब २ हप्तामा आयोजना हुन गइरहेको संसारकै प्रसिद्ध अटो एक्स्पो मध्येको एक दिल्ली अटो एक्स्पोमा कुन कुन नयाँ इभि आउँदैछन् भन्ने सबैलाई चासो छ ।
हुन त आयोजकले अहिलेसम्म सहभागिता जनाउने सबै कम्पनीहरुको लिस्ट सार्वजनिक गरेको छैन ।
तर कम्पनीहरुले दिएको जानकारी अनुसार मारुती – सुजुकी, ह्युन्डाई, किया, एमजी लगायतका विभिन्न कम्पनीहरुले आफ्नो नयाँ मोडेल तथा परिवर्तित मोडेललाई उक्त एक्स्पोमा सार्वजनिक गर्दैछन् ।
अटोमोवाइल सम्बन्धी संसारको सातौं ठुलो एक्स्पोको रुपमा यो मेलालाई हेरिन्छ ।
भारतको राजधानी दिल्लीको नजिकै करिब ४० किलोमिटरमा रहेको इण्डिया एक्स्पो मार्टमा यो मेला लाग्ने गर्दछ । यो स्थल भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा पर्दछ ।
मारुती-सुजुकी इलेक्ट्रिक एसयुभी कन्सेप्ट
भारतको सबैभन्दा धेरै कार उत्पादन गर्ने कम्पनी मारुतीसुजुकीले इलेक्ट्रिक एसयुभी कन्सेप्ट सार्वजनिक गर्ने जानकारी गराएको छ । हुन त कम्पनीले २०२० को अटो एक्स्पोमा इलेक्ट्रिक एसयुभी फयुचुरो–इ लाई सार्वजनिक गरेको थियो । कम्पनीले उक्त मेलामा इलेक्ट्रिक कार सहित करिब १६ विभिन्न सवारीसाधनको प्रदर्शनी गर्ने जनाएको छ ।
ह्युन्डाई आयोनिक ५
ह्युन्डाइले यसभन्दा अघि देखि बिक्रि गरिरहेको आयोनिक ५ को विशेष परिमार्जित मोडेललाई उक्त मेलामा प्रदर्शन गर्दैछ । कम्पनीले दिएको जानकारी अनुसार उक्त मोडेलले ६३१ किलोमिटरको रेन्ज दिन्छ । उक्त मोडेलमा ७२.६ किलोवाटआवरको बेटी प्याक दिइएको छ भने ३५० एनएम टर्क पावर सिर्जना गर्दछ ।
किया इभि ९ इलेक्टिक एसयुभी कन्सेप्ट
३५० किलोवाटको अल्ट्रा फास्ट चार्जर प्रयोग हुने इभी ९ इलेक्ट्रिक एसयुभी कन्सेप्ट सार्वजनिक गर्ने घोषणा कियाले गरेको छ । जम्मा २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने उक्त मोडेलमा २२ इन्चको व्हिल दिइएको छ । इजिभी आर्किटेक्चर प्रविधिमा आधारित यसको उत्पादन गरिएको छ । यसमा डिजिटल टाइगर फेस, क्यामेरा मोनिटोरिङ्ग सिस्टम, रिट्याक्टेवल रुफरेल तथा प्यानोरामिक सनरुफ दिइएको छ ।
एमजी ४ इलेक्ट्रिक ह्याचव्याक
स्टयाण्डर्ड, कम्फर्ट र लक्जरी भेरियन्टको एमजि४ इलेक्ट्रिक ह्याचव्याकलाई एमजी मोटर कम्पनीले सार्वजनिक गर्दैछ । युरो एनक्यापको सेफ्टि टेस्टमा ५ तारे रेटिङ्ग पाउन सफल एमजी मोटरले यो मोडेलमा एक्टिभ इमर्जेन्सि बे्रकिङ्ग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन–किप एसिस्ट, डाइभर–एटेन्सन एलर्ट लगायतका फिचर्स समावेस गरेको छ ।
एमजी मार्भल आर इलेक्ट्रिक एसयुभी
ह्याचव्याक सँगै एमजी मोटर्सले एउटा इलेक्ट्रिक एसयुभी पनि सार्वजनिक गर्ने जानकारी गराएको छ । ७० किलोवाटआवरको लिथिएम आयोन बेट्री प्याक दिइएको यो मोडेलले ४०२ किलोमिटरको रेन्ज दिने कम्पनीले बताएको छ । यसमा १३२ किलोवाटको मोटर दिइएको छ ।
एमजी एअर इभि
३ वटा ढोकायुक्त सानो सिटिकार एमजी एअर इभी पनि उक्त मेलामा सार्वजनिक गर्ने एमजी मोटर्सले जनाएको छ । यसलाई वुलिङ्ग एअर इभीको रुपमा इन्डोनेसियामा रिव्याच्ड गरिएको बताइन्छ । यसमा ५० किलोवाटको मोटर र २५ किलोवाट आवरको बेट्री जडान भएको छ । यसले २०० देखि ३०० किलोमिटरको रेन्ज दिने बताइएको छ ।