महिन्द्राको एक्स्चेन्ज तथा फ्रि सर्भिस क्याम्प

महिन्द्रा ब्राण्डको आधिकारिक रुपमा रिकण्डिसन कारोवार गर्ने अग्नि आस्थाले इटहरीमा महिन्द्रा ब्राण्डको एक्स्चेन्ज र फ्रि सर्भिस क्याम्प संचालन गर्ने भएको छ ।

यहि पौष १३ गते देखि १५ गतेसम्म इटहरीको धरान रोडमा रहेको अग्निआस्थाको शाखा कार्यालयमा ३ दिन सम्म सँचालन हुने उक्त क्याम्पमा महिन्द्रा ब्राण्डका सवारीसाधनको सट्टापट्टा र फ्रि सर्भिसको कार्य गरिने कम्पनीले जनाएको छ ।

उक्त क्याम्पमा नयाँ सवारीसाधनसँग वा पुरानै सवारीसाधनसँग सट्टापट्टा गर्न सकिने छ ।

त्यस क्रममा पुराना सवारीसाधनको सर्भिसको लेवर चार्ज निशुल्क, महिन्द्राको स्पेयर पार्टस् र ल्युबमा १०% छुट, एक्स्टेण्डेड वारेन्टि तथा सरल फाइनान्सको व्यवस्था गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *