सरकारले चिकित्सकलाई सवारीसाधनमा सहुलियत दिनुपर्छ

-डा. मोहन भुषाल

मिराकल स्किन, हेअर तथा एस्थेटिक क्लिनिक

जनताको अत्यावश्यक कामका लागि २४ सै घण्टा खटिनुपर्ने चिकित्सकका लागि सरकारले सवारीसाधनमा सहुलियतको व्यवस्था गर्नुपर्ने डा. मोहन भुषालले बताएका छन् ।

काठमाण्डांैको चावहिल चुच्चेपाटीमा रहेको मिराकल स्किन, हेअर तथा एस्थेटिक क्लिनिकका चिकित्सक डा. भुषालले चिकित्सकको पेशा निक्कै टफ भएको र धेरै दौडधुप समेत गर्नुपर्ने भएकाले पनि चिकित्सकका लागि उपयुक्त सवारीसाधनको आवश्यता रहने बताए ।

विरामीहरुको सेवाको लागि आफ्नो जीवनको समेत पर्वाह नगरी दौडधुप गर्नुपर्ने पेशा भएकाले पनि चिकित्सकको लागि सवारीसाधन प्रायः अनिवार्य जस्तै देखिने उनको भनाई छ । त्यसैले गर्दा पनि सरकारले भन्सार वा अन्य करमा सहुलियत दिनुपर्ने उनको तर्क छ ।

जसरी विरामीहरुको लागि एम्बुलेन्सको आवश्यकता देखियो र एम्बुलेन्समा सहुलियत दिइएको छ, त्यसैगरी चिकित्सक पनि विरामी कै सेवाको लागि खटिने पेशाकर्मि भएको आधारमा चिकित्सकले प्रयोग गर्ने सवारीसाधनलाई पनि सरकारले केहि न केहि सहुलियत दिनुपर्ने डा. भुषालकोे आग्रह छ ।

नेपालमा चिकित्सकको आम्दानी विदेशमा भन्दा निक्कै कम हुने हुनाले अधिकाँश चिकित्सकले राम्रो सवारीसाधन प्रयोग गर्न नसकेको उनको भनाई छ । घरको आर्थिक अवस्था पहिले देखि नै राम्रो भएको अवस्थामा मात्र राम्रो सवारीसाधनको प्रयोग गर्ने गरेको उनको तर्क छ ।

बैंकले व्याजमा, सरकारले करमा वा अन्य सहुलियत पाउन सक्ने अवस्था भएमा अधिकाँस चिकित्सकले राम्रो सवारीसाधन प्रयोग गर्न सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *