नेपालकाे आधिकारिक वितरक जिमिनी इन्कर्पोरेट प्रालिले सस्ताे मूल्यकाे विद्युतीय कार चाँडै नै ‘रेसिन्स मिनी ईभी’ भित्र्याउन लागेको हो ।
जिमिनीका निर्देशक सुवास शर्माले दिएकाे जानकारी अनुसार याे मिनी कार चीनबाट नेपालका लागि लोड गरी पठाइसकिएको र दुई हप्तासम्ममा नेपालमा आइपुग्ने छ ।
याे कारमा १५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने २३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ, जसलाई नर्मल चार्जरको सहायताबाट फुलचार्ज गर्न चारदेखि पाँच घण्टासम्म लाग्छ ।
साथै यसमा ३०० वाटको सोलार प्यानल समेत भएकाले ३० प्रतिशतसम्म ब्याट्री बचत हुने कम्पनीको दाबी छ । कारमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन नेपाली सडकका लागि उपयुक्त हुने शर्माकाे भनाइ छ ।
नेपाल आएपछि परिक्षण हुने र लगत्तै विक्री शुरु गर्ने तयारीमा आफूहरु रहेको शर्माको भनाई छ । पहिलो लटमा १० युनिट कार नेपाल ल्याउन लागिएको हो । यो सिटी कारको २ महिना अघिबाटै वुकिङ खुल्ला गरिएको थियो ।
नेपालमा यो कारकाे मूल्य २५ लाख रुपैयाँ पर्ने र अधिकतम १०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने पनि उनले जनाए ।