विश्वकै नं. १ अत्याधुनिक – नानो प्रविधि

नानो प्रविधि विश्वकै अद्धितीय र आमुल परिवर्तनकारी प्रविधि हो, नानो इनजाइजर पुर्णतया नानो सरम्याट हो ।

सरम्याट सेरामिकले बनेको उच्च ताप प्रतिरोधक, अति बलियो संरचना भएको वस्तु हो । यसलाई सेरामिक र मेटालिक प्रविधिबाट तयार पारिन्छ ।

प्लेटिनम कोटिङ्ग भएको जर्कोनियम पाउडर मिनिरल आयलमा मिसाएर २० नानो मिटरको सेरामिक लेयर बन्दछ ।

प्लेटिनम स्टिल भन्दा २० गुणा कडा र ६ गुणा चिल्लो हुन्छ, जसको नानो कणहरु इन्जिन भित्रको घर्षण हुने सतह र चलायमान सबै स्थानहरुमा कोटिङ्ग भएर कडा र चिल्लो तह सिर्जना गर्छ ।

यसको प्रयोगले इन्जिनलाई शुरुकै अवस्थामा पुराउन र यथास्थितिमा सुरक्षित राख्छ । परिणामत इन्जिन चिल्लो, स्मुथ हुनुका साथैं नयाँमा जस्तै पावर र निकैं राम्रो माइलेज दिन्छ ।

नानो ईनजाईजर के हो ?
नानो इनजाइजर यस्तो उत्पादन हो जसलाई लुब्रिकेन्ट प्रयोग गरिने कुनै पनि इन्जिन गियरबक्स र मेकानिकल मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यो अत्याधुनिक नानो प्रविधिबाट तयार पारिएको नवीनतम उत्पादन हो, यसको प्रयोगबाट इन्जिनलाई सजिलैसँग शुरुकै अवस्थामा पुराउन मर्मत गर्न र सुरक्षित राख्न सकिन्छ ।

नानो इनजाइजरको १२ फाइदाहरु :
१. ८-२१% सम्म इन्धनको किफायत (आइडियल मोडमा ४०% सम्म)
२. इन्जिनको आयु बढाँउछ ।
३. डिजेल, पेट्रोल, ग्याँस सहित पेट्रोलियम पदार्थबाट चल्ने जुनसुकै इन्जिनहरुमा सजिलैं राख्न सकिन्छ ।
४. इन्जिनको हर्ष पावर बढाउँछ ।
५. वातावरण मैत्री छ, धँुवा कम गर्छ ।
६. सवारी साधनहरुमा राख्दा ३०,००० किमीसम्म प्रभावकारी हुन्छ ।
७. घर्षण हुने सतह पुनः स्थापना गर्छ र क्षती हुनबाट बचाउँछ ।
८. इन्जिनको आवाज तथा भाइब्रेसनमा कमी हुन्छ
९. स्टेरिङ्ग बक्स आयलमा राख्न सकिन्छ ।
१०. आयल प्रेसर, ज्वलनशीलतामा विकास हुन्छ ।
११. गियर बक्स आयलमा राख्न सकिन्छ ।
१२. मर्सिडिज, औडी, हुण्डाई, जिएम, किया, होण्डा, टोयोटा जस्ता विश्वप्रसिद्ध गाडी कम्पनीहरुबाट स्वीकृती दिएको छ ।

इन्जिनमा नानो ईनर्जाइजर कसरी हाल्ने ?
१. शुरुमा इन्जिनलाई स्टार्ट गरेर ५ मिनेट जति तताउने ।
२. नानो इनजाइजरको प्याकेट राम्रोसँग हल्लाएर घोल्ने र इन्जिनमा हाल्ने ।
३. एकपटक ३० मिलीको एक प्याकेट सानो इन्जिनमा, हेभी र हेभी इक्विपमेन्टमा दुई प्याकेट राखेपछि १५,००० किमी अर्थात १ बर्षसम्मको लागि काम गर्छ ।
४. इन्जिनको ताप र चापबाट कणहरु कोटिङ हुने प्रकिृया स्वचालित रुपमा पुरा हुन्छ ।

नानो ईनर्जाइजर डोजः
Nano Energizer ( Smaller Engine) : ६०० सिसी भन्दाकमको जुनसुकै खालको दुईपाँग्रे, तीनपाँग्रे, सवारी साधन, जेनेरेटर, लिफ्ट तथा घर्षण पैदा हुने सबै खालका यान्त्रिक मेसिनहरुमा १ पाउच राख्नुपर्छ ।

Nano Energizer (All-in-one Type) : ४ देखि १० लिटर लुब्रिकेटिङ्ग आयललाग्ने डिजेल, पेट्रोलबाट चल्ने जुनसुकै खालको सवारी साधनको लागि १ पाउच ।
१० देखि २५ लिटर लुब्रिकेटिङ्ग आयल लाग्ने ठुला खालको गाडीहरुमा दुई पाउच राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *