अत्याधिक धूँवा फाल्ने सवारी साधन कारवाहीमा

काठमाडौँको सोह्रखुट्टेमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।

अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

उँहाका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारवाहीमा परेको बताउनुभयो ।

कारवाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *