ट्याक्सीको लामो लाइन

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ।

प्रदूषणको मापदण्ड पूरा भए–नभएको चेकजाँच गर्न यातायात कार्यालयमा ट्याक्सीको लामो लाइन लागेको छ ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि सयौँ ट्याक्सी प्रदूषण परीक्षणका लागि लामबद्ध भएका छन् ।

यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६–६ महिनामा सवारीको प्राविधिक जाँच गराउनुपर्छ। यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ।

जसको अर्थ प्रत्येक ठूला तथा भाडाका सवारीले ६–६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्नेछ।

त्यस्तै, साना तथा मझौला साधनले एक वर्षमा एकपटक त्यस्तो जाँच गराउनुपर्छ। जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ।

परीक्षण पास नभएसम्मका लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *