नाडाको कर्णाली प्रदेशमा विरोध कार्यक्रम

नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले पनि वीरेन्द्र नगरको मंगलगढी चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।

यातायात व्यवसायीले सरकार विरुद्ध विभिन्न नारा लेखिएको प्लेकार्ड तथा कालो ब्यानरमा आन्दोलन गरिएको थियो ।

राष्ट्र बैंकको नितिका कारण अटो मोबाईल व्यवसाय अत्यन्त नाजुक अवस्थामा पुगेको कारण नाडाले उक्त धर्ना कार्यक्रम आयोजना गरेको हो ।

सवारी-साधनलाई बिलासिताको रुपमा लिएको कारण आयात प्रतिबन्ध गरे सँगै व्यवसायीहरु मारमा परेका हुन् ।

यातायात व्यवसायीले देशका विभिन्न शहरमा एकैै साथ आन्दोलन गरेको छ । सरकारले बेलैमा यातायात व्यवसायीको माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *