विवाइडी कार किन्नेलाई नविल वैंकले कर्जा दिने

विवाइडी व्रान्डका इलेक्ट्रिक कार किन्ने ग्राहकलाई नविल वैंकले सहज रुपमा लोन दिने भएको छ ।

विवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि र नविल वैंकविच भएको सम्झौता अनुसार ग्राहकलाई वैंकले ८० प्रतिशतसम्म कर्जा दिने सहमती भएको हो ।

उक्त कर्जामा १२.९९ प्रतिशत व्याजदर लाग्ने उल्लेख गरिएको छ । कारको मूल्यको २० प्रतिशत रकम डाउनपेमेन्ट वापत भुक्तानी गर्दा वाँकी हुन आउने ८० प्रतिशतलाई ग्राहकले व्याजसहित ७ वर्षभित्र भुक्तानी गरिसक्नुपर्ने छ ।

नविल वैंकले यसअघि टाटा र हुन्डाइका विद्युतिय कारको खरिदमा समेत सोही व्याजदरमा लोन दिने सम्झौता गरिसकेको छ ।

विद्युत्तिय कारलाई राज्यस्तरबाटै प्रवद्र्धन गर्ने अभियान अनुरुप राष्ट्र वैंकले यस्ता गाडीको खरिदमा वैंकहरुले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने निती लिएको छ ।

सोही निती अन्तर्गत अहिले वैंकहरुले इभी विक्रेता कम्पनीसंग सम्झौता नै गरेर कर्जा प्रवाह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *