होण्डा मोटरसाइकल तथा स्कुटर खरिदमा यस बर्षको दशैं तिहारको स्किम अन्तरगत राखिएको १५ लाख रकमको बम्पर पुरस्कार रुपन्देहिका चन्द्र बहादुर थापाले प्राप्त गरेका छन् ।
तिलोत्तमा नगरपालिका वडा नं. १५ निवासी थापाले होण्डाको साइन मोटरसाइकल खरिद गरेका थिए ।
वुधबार विभिन्न सँचारकर्मि तथा व्यवसायी उपस्थित कार्यक्रममा होण्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकार कम्पनी प्रा.लि. ले लक्की ड्र गरी बम्पर उपहारका साथै ७ प्रदेशका लागि अलग अलग लक्की ड्र समेत गरेको थियो ।
जस अन्तरगत प्रदेश १ का दुर्गादेवी सापकोटा, मधेश प्रदेशका अमित कुमार शाह, बाग्मति प्रदेशका मनिषा बज्राचार्य, गण्डकी प्रदेशका कृष्ण कुमारी, लुम्बिनी प्रदेशका विष्णु पोख्रेल, कर्णाली प्रदेशका सुनिता खत्री र सुदुरपश्चिम प्रदेशका लक्ष्मण भट्टले १÷१ लाख राशि भएको पुरस्कार हात पार्न सफल भएका छन् ।
स्क््रयाच मार्फतको ७ लाखको पुरस्कार नानु राइले पाएकि छन् ।
कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौं महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष योगेश कुमार खडगी, वडा सचिव मधु पाण्डे, स्याकार ग्रुपका अध्यक्ष सौरभ ज्योति लगायतको उपस्थिति थियो ।