काठमाण्डौंमा अटोकप सम्पन्न

नेपालका अटोमोवाइल कम्पनीहरु बीचको रोमाञ्चक फुटसल म्याचको छैठौं सँस्करण सम्पन्न भएको छ ।
सिक्स्थ दि ग्राण्ड अटोकप नाम दिइएको यो प्रतियोगिताको २०२२ को सँस्करण यहि २०२२ कोे १० डिसेम्बरमा ललितपुरको नेशनल स्पोर्टस् सेन्टरमा सँचालन भएको थियो ।

८ वटा कम्पनीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा मनिताउ गु्रपले प्रथम स्थान हासिल गरेको छ भने टिभिएसले दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी होण्डाले तेस्रो स्थान हासिल गरेको छ ।
आयोजकले ६ वटा म्याच सफलतापुर्वक सम्पन्न गरिसकेको यो प्रतियोगितालाई नेपाली अटो व्यवसायीले निक्कै चासोकासाथ सहभागिता जनाउने गर्दछन् ।

नेपालमा चल्तिमा रहेका ठुला ब्राण्डहरु प्रायः धेरैले यो प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् । छैठौं श्रृंखलामा मनिताउ, टिभिएस, होण्डा, यात्री, एलजि हिट्को, स्कोडा, टोयोटा र यामाहाले सहभागित ाजनाएका थिए ।
नेपालमा रहेका अटो व्यवसायीहरुका बीच भाइचाराको भावना जागृत गर्दै खेलकुदलाई पनि टेवा दिने उद्देश्यले यो प्रतियोगिता गरिँदै आएको आयोजक डि.एम. नेपालकी प्रबन्ध निर्देशक शान्ति शाक्य वज्राचार्यले इअटोनेपाललाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *