सेगवे इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक आई हव प्रालिले उपत्यकाका १० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।
सेगवेले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न यी चार्जिङ स्टेशनको निर्माण गर्न लागेको हो ।
यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने र कम समयमै धेरै राइडरले चार्जिङ सेवा प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ ।
चार्जिङ स्टेशनको निर्माणले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने विश्वास लिइएको छ ।
यी स्टेशन भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँच योग्य स्थानमा निर्माण गरिने वताइएको छ । जहाँबाट राइडरले सहज रुपमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई सहजै चार्ज गर्न सक्नेछन् ।