गल्फ लुब्रिकेन्टको नयाँ शोरुमहरू सञ्चालनमा

गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट र हेटौंडामा उच्चस्तरीय शोरुमहरू सञ्चालनमा ल्याएको छ।

ग्राहकलाइ उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नयाँ शोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको हो।

नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरे‍का हुन्।

चौधरी भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो।’

लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराइका अनुसार नयाँ उच्चस्तरीय शोरुमहरूबाट सबै गल्फ ब्रान्डको उत्पादकहरू ग्राहकमाझ उपलब्ध गराइने छ।

गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरूको नेटवर्क सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *