यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो ¥याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम बनाइनेछ ।
बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो ।
चक्रपथको यो खण्ड हाल आठ लेनको छ । त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइनेछ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् ।
मंगल बजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ ।
फ्लाई ओभर नेपाल सरकारकै लगानीमा बन्नेछ । त्यसमा १७ करोड ६८ लाख रुपैयाँ लगानी गरिएको विभागको भनाइ छ ।
निर्माण कम्पनीसँग सोहीअनुसार नै ठेक्का सम्झौता भएको विभागको भनाइ छ ।