सवारी लाइसेन्स परीक्षामा चलखेल

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिका, २०७७ कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएपछि आइतबारदेखि यसको उद्घाटन तयारी भइरहेको थियो । तर, विभिन्न स्वार्थ समूहको चलखेलपछि रोकिएको स्रोत बताउँछ । यद्यपि, तयारी नपुगेकाले स्थगित गरिएको मन्त्रालयको भनाइ छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले अंकभारको प्रावधान लागू गराउन रोकेका हुन् ।

ट्रायल सेन्टरका सञ्चालकहरूले निर्देशिका कार्यान्वयन रोक्नका लागि चलखेल गरेको स्रोतको भनाइ छ । निर्देशिका कार्यान्वयन भएपछि अहिलेभन्दा दोब्बरले ट्रायल पास गर्ने र ट्रायल सेन्टरको व्यापार घट्ने भएपछि उनीहरूले रोक्न लबिङ गर्दै आएका छन् । यसअघि पनि तीनपटक निर्देशिका कार्यान्वयनको तयारी गरेर रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *