– सुधिर कुमार जैसवन्त
विजनेस हेड, आर्गो इभी स्मार्ट इन्डिया
अहिले भृकुटीमण्डपमा इभी एक्सपो भैरहेको छ । यो अन्तराष्ट्रिय इभी एक्सपो भएकोले यहाँ नेपाल वाहिरका पनि धेरै कम्पनीहरुले यसमा सहभागीता जनाएका छन् ।
त्यस्तै भारतबाट एक्सपोमा भाग लिन आएको कम्पनी हो, आर्गो इभी स्मार्ट ।
आर्गो इभी स्मार्ट इन्डियाको कम्पनी हो । यो कम्पनी चार्जिङ प्वोइन्ट अपरेटर हो । यो कम्पनीले इन्डियामा २४ राज्यमा चार्जिङ स्टेसन बनाइ सकेको छ । यसले २०२० देखी इन्डियामा यो सेवा दिन थालेको हो ।
यसले विभिन्न ब्राण्डका गाडीको लागी आवस्यक चार्जिङ स्टेसन बनाएको छ । औडिको डिलरसिप नेटवर्कमा पनि यही कम्पनीले चार्जिङ स्टेसन स्थापना गरेको छ ।
एलिभिसी, पोर्से लगायतका ब्राण्डका गाडीमा डिलरमा पनि यो कम्पनीले चार्जिङ स्टेसन लगाएको छ । आईओसिएलको रिटेल आउटलेटको लागी पनि यो कम्पनीले २४ राज्यमै चार्जिङ स्टेसन लगाएको छ ।
यो कम्पनीले दिल्ली देखी आग्रा सम्म, दिल्ली देखी नैनी ताल सम्म लगायतका धेरै रुटमा यो कम्पनीले चार्जिङ स्टेसन बनाएको छ ।
एक सहर देखी अर्को शहर सम्म विद्युतिय सवारी पुग्नको लागी थोरै दुरीमा चार्जिङ स्टेसन स्थापना गर्नु पर्छ ।
भारतमा इमोविलिटीको पनि यो कम्पनीले प्रवर्धन गर्दै आएको छ । कम्पनी विभिन्न खालका कार ¥याली पनि गरेको छ । जसले फरिदावाद बृन्दा वन र बृन्दावन देखी ग्रेटर नोइडा सम्मको ¥याली गरेर सडकमा इभी चार्जको लागी भौतिक पुर्वाधार छ है भन्ने सन्देश पनि दिएको थियो ।
¥यालीमा सयौ गाडी एक साथ हिडेका थिए ।
कम्पनी नेपालमा पनि चार्जिङ स्टेसन बनाउने विषयमा अगाडी बढ्न चाहन्छ । नेपाललाई हराभरा र पोलुसन फ्रि नेपाल भएको देख्न चाहन्छ ।
यो कम्पनीले स्थापना गरेको चार्जिङ स्टेसन टाइप टु युनिभर्सल फास्ट चार्जिङ स्टेसन हुन्छ । सडकमा स्थापना हुने चार्जिङ स्टेसन २४ किलोवाट क्षमता देखी ३६० किलोवाट सम्मको हुन्छ ।
घरमा वा पार्किङ लगायतका स्थानमा स्लो चार्जरको प्रयोग हुन्छ । यो कम्पनीसँग रोड साइड एसिस्टेन्स गाडी गाडी पनि छ । जहाँ चार्जर हुन्छ । कही गाडी खराव भएको खण्डमा गएर बनाउन यो गाडी प्रयोग हुन्छ ।
यो कम्पनीले स्थापना गर्ने चार्जिङ स्टेसनले सबै मापदण्ड पुरा गर्ने भएकोले यो सुरक्षित र विस्वसनिय हुन्छ ।
Post Views: 155