टाटाका विद्युतीय कार किन्न एभरेष्ट बैंकले ऋण दिने

टाटाका विद्युतीय कार खरिद गर्नेहरूका लागि एभरेष्ट बैंकले सरल र सहज मार्गबाट ऋण दिने भएको छ।

नेपालका लागि टाटाका गाडीको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिसँग बैंकले यसका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार टाटाका विद्युती कार खरिद गर्न खोजिरहेकाहरूका लागि देशभर रहेका बैंकका शाखाबाट यो सुविधा पाइने छ।

सम्झौता अनुसार गाडीको ८० प्रतिशतसम्म ऋण सुविधा पाइने छ। ७ वर्षको अवधि हुने ऋणको ब्याजदर भने १२.८ प्रतिशत हुने छ।

यो सुविधासँगै टाटाका ईभी कार खरिद गर्नेका लागि अझै सरल र सहज हुने कम्पनीको विश्वास छ।

सिप्रदीले नेपालमा टाटाका नेक्सन र टिगोर ईभी बिक्री गर्दै आएको छ। टाटा नेक्सन ईभी नेपाली बजारमा सर्वाधिक रुचाइएको कार पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *