नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट (युटिएस) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शोरुम ओम श्री अर्चना बाबा मोटर्स शुभारम्भ गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कम्पनीले खोलेको नयाँ शोरुमपछि नेपालभर १० स्थान शोरुम खुलेको हो ।
गत शुक्रबार सुर्खेतमा तयार भएको स्टेट अफ दि आर्ट शोरुम कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा टोयोटाको आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका बरिष्ठ निर्देशक कैलाश भक्त राजभण्डारी , महाप्रबन्धक महेश कुमार, सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा युनाइटेड ट्रेडर्स सिन्डिकेन्टका बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी, महाप्रबन्धक महेश कुमार र सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री बिसीले सुर्खेतमा संसारकै टप ब्रान्डको शोरुम खुल्नु गर्वको कुरा रहेको बताउदै उक्त शोरुम उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
युटिएसका बरिष्ठ निर्देशक राजभण्डारीले टोयोटाको ‘ग्लोबल भिजन मोबिलिटी अफर अल’ लाई आत्मसात गर्दै कर्णाली प्रदेशका जनतालाई केन्द्रीत गर्दै सेवा दिन उक्त शोरुमले निकै राम्रो भूमिका खेल्ने बताए ।
नयाँ शोरुमबाट सेल्स, सर्विस तथा स्पेयर पार्ट्स तीन वटै सेवा ग्राहकले पाउने छन् । नयाँ शोरुम उद्घाटनमा आएका सम्पूर्ण पाहुनालाई ओमश्री अर्चना बाबा मोटर्सका प्रबन्ध निर्देशक किसोर रेग्मीले धन्यबाद दिदै उत्कृष्ट सेवा दिन आफुहरु प्रतिबद्ध रहेको बताए ।