सामान्यतया सवारी साधनमा वायुमण्डलमा निःशुल्क पाइने हावा हाल्ने गरिन्छ । पृथ्वीको वायुमण्डलमा हुने हावामा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र बाँकी कार्वनडाइ अक्साइड, नियोन, हाइड्रोजन जस्ता ग्यासहरु पाइन्छ ।
वायुमण्डमा पाइने यी मिश्रित हावाको सट्टा कारको टायरमा नाइट्रोजन ग्यास हाल्ने चलन सुरु भएको छ । टायरमा नाइट्रोजन ग्याँस हाल्नुका केही विशेष फाइदाहरु छन्, जसले यात्रा सहज र टायरको आयु पनि बढाउन मद्दत गर्छ ।
फाइदा धेरै हुने भएसँगै यसको प्रयोग बढ्न थालेको हो । यस्तोमा हाइड्रोजनको प्रयोग गर्दा हुने फाइदाहरुलाई यहाँ उल्लेख गरेका छौं ।
गर्मीको मौशममा धेरै फाइदा
सामान्य हावाको तुलनामा नाइट्रोजन ग्याँस चिसो हुने भएकोले यसको मद्दतले गर्मीको मौसममा टायरको टेम्प्रेचर कन्ट्रोल गर्न सघाउँछ । गर्मीमा लामो दूरीमा कार चलाउँदा टायरको तापक्रम बढ्ने हुनाले टायरको टिकाउपन घट्ने हुन्छ ।
आजकल ठूला एसयूभीहरुको टायर खरिद गर्नु पर्दा लाखौ रुपैयाँ लाग्ने गर्छ । त्यसकारण टायरको आयु बढाउनका लागि टायर भित्र नाइट्रोजन ग्यास हाल्नु उपयुक्त हुन्छ ।
टायरको रिमलाई पनि फाइदा
सामान्य हावामा अक्सिजनको मात्रा पनि हुने भएकोले यसमा पानीको समेत केही मात्रा हुने गर्छ । गाडीको टायर बस्ने रिम धातुको हुने भएकाले पानीको ओसिलोपनले रिममा खिया लाग्न सक्छ । यदि टायरमा नाइटोजन हाल्ने हो भने यसमा अक्सिनको मात्रा हुँदैन र खिया लाग्ने समस्या नै झेल्नु पर्दैन ।
तारन्तार हावा कम र ज्यादा हुने समस्याबाट मुक्ति
सामान्य हावा गर्मिमा फैलिने र जाडोमा खुम्चीने हुन्छ । जसका कारण टायर भित्र रहेको हावा गर्मी मौसममा फैलिने हुनाले यसले टायरको वालमा प्रेसर सृजना गर्छ । टायर रबरबाट बनेको हुन्छ जुन प्रेसरमा सामान्य रुपमा मात्र फैलिन्छ तर, धेरै प्रेसर भएपछि टायरमा रहेको भल्भबाट लिक हुने गर्छ । जुन नाइट्रोजनमा यस्तो हुँदैन ।