पहिले पहिले पुराना बाइक स्कुटर किन्नु पर्यो भने रिकण्डिसन हाउस खोज्नै धौ धौ हुन्थ्यो । आजभोली जस्तै जताततै रिकण्डिसन हाउसहरु हुँदैनथ्यो ।
तर समय परिवर्तन भैसक्यो । आजभोली रिकण्डिसन हाउस नभेटिने शहर नै छैनन् भन्दा फरक नपर्ला । शहरमा पनि मुख्य मुख्य चोक सबैतिर रिकण्डिसन हाउसहरु भेटिन्छन् ।
तर सबै रिकण्डिसन हाउसहरु विश्वासिला र भरपर्दा हुन्छन् भन्ने चाहिँ हुँदैन । सबै ग्राहकलाई बाइक स्कुटरको प्राविधिक कुराको जानकारी नहुन पनि सक्छ । त्यसैले अहिलेको आवश्यकता भनेको विश्वासिलो रिकण्डिसन हाउस नै हो । कतिपय बाइक स्कुटरहरु दुर्घटनामा परेको, इन्जिन खोलेर कमसल खालले बनाइएको वा त्यसको रफ प्रयोग भएको पनि हुन सक्छ ।
त्यस्ता बाइक स्कुटर झट्ट हेर्दा सबैले पत्ता लगाउन सक्दैनन् पनि । तर रिकण्डिसन हाउसका सँचालक भने त्यस्ता कुराहरु परीक्षण गर्न सक्षम हुन्छन् । त्यसैले बाहिर ब्यक्तिगत रुपमा पुराना बाइक स्कुटर खरिद गर्न भन्दा रिकण्डिसन हाउस मै खरिद गर्नु उत्तम हुने बताउँछन्
आफुहरुले खरिद गर्नुपुर्व नै राम्रोसँग चेकजाँच गर्ने भएकाले समस्याग्रष्त बाइक तथा स्कुटर खरिद नै गर्नुहुदैंन । रिकण्डिसन हाउसमा राम्रो कण्डिसनका बाइक तथा स्कुटर पाउन सक्छ ।
हुन त केहि वर्ष पहिले नेपाल अटोमोवाइल रिकण्डिसन व्यवसायी संघ पनि खुलेको छ । रिकण्डिसन सम्बन्धि संघमा समय समयमा यस सम्बन्धि चर्चा भैरहने पनि धेरै कामहरु गर्न सकेको छैन, यो क्षेत्रमा पनि निकै समस्याहरु भएतापनि संघको ध्यान त्यति गएको पाइदैंन ।
यसरी जथाभावी खोलिएका रिकण्डिसनहरु कति समयसम्म चल्ने हो, यसको मापदण्ड के हो, यसबारे संघको ध्यान जानु निकैं ढिला भैसक्यो । यो क्षेत्रमा निकैं ठुलो लगानी भएतापनि संघले हालसम्म कुनैं पहल नगर्दा यो क्षेत्रमा धेरै व्यवसायीहरु चिन्तित छन् ।
नेपाल अटोमोवाइल रिकण्डिसन व्यवसायी संघले पुराना बाइक स्कुटरको फाइनान्सको व्यवस्था, रिकण्डिसन व्यवसायीलाइ आवश्यक कर्जा लगायतका बिषयमा पहल गर्नुपर्ने आवश्यता रहेको छ ।
-रोशनकुमार श्रेष्ठ
प्रकाशक, अटो नेपाल