डिएफएसके ग्लोरी आई अटोमा ६ लाख नगद छुट

डिएफएसके गाडीको नेपालका लागी आधिकारिक वितरक कुजु नेपालले आफ्ना दुई एसयूभीमा नगद छुट योजना ल्याएको छ । ‘व्ल्याक फ्राइडे डिल’ स्किममा अन्तर्गत कम्पनीले ग्लोरी आई अटोमा ६ लाख र ग्लोरी ५६० मा ४ लाख नगद छुट दिएको हो । यो योजना सिमित अवधिका लागी मात्र लागु हुने बताइएको छ ।

नगद छुट वाहेक यी दुई ७ सिटर एसयूभीको खरिदमा ग्राहकले एक आर्थिक वर्षको रोड ट्याक्स, सरल एक्सचेन्ज र सरल फाइनान्सको सुविधा समेत पाउनेछन् । चिनियाँ ब्रान्डको यी एसयूभी आकर्षक लुक्स, आधुनिक डिजाइन, सुविधासम्पन्न फिचर्स र उत्कृष्ट सेफ्टि फिचर्सका कारण लोकप्रिय मानिन्छन् ।

यी दुवै एसयूभीमा १.५ लिटर टर्वो पेट्रोल इन्जिन जडान गरिएको छ । जसमध्ये ग्लोरी आई अटो सिभिटी गियर वक्समा मात्र उपलब्ध छ भने ग्लोरी ५६० ६ स्पिड म्यानुअल र सिभिटी दुवै गियर वक्स अप्सनमा उपलब्ध छ । नेपाली बजारमा ग्लोरी आई अटोको मूल्य ९३ लाख र ग्लोरी ५६० को ६८ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । कुजु नेपालले काठमाडौं र चितवनमा शोरुम संचलान गरी यसको विक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *