भेस्पाको म पहिलो कस्टुमर


खुसी पाठक
संचालक, युनिसेक्स सेलोन

खुसी पाठक अहिलेकी एक चर्चित महिला उद्यमी हुन् ।
उनले अहिले उद्योगको रुपमा एउटा व्युटी सेलोन चलाई रहेकी छिन् भने सवारी साधनको कुरा गर्दा एनटर्क स्कुटर चढीरहेकी छिन् । खुसिले आज भन्दा १० महिना पहिला युनि सेक्स सेलोन खोलेकी हुन् । यो सेलोन अहिले थापाथलीको ब्लुबर्ड कम्प्लेक्समा रहेको छ । उनले आफ्नो सेलोनको नाम ऐना राखेकी छिन् ।

ऐनाले झुट बोल्दैन भन्ने विषयलाई विस्वास गरेर सेलोनको नाम ऐना राखेको जनाएकी छिन् । उनलाई सानै देखी व्यावसाय गर्ने चाहाना थियो त्यसैले उनले १८ वर्षको उमेरमा झम्सीखेलमा रेष्टुरेन्ट खोलेकी थिइन् । त्यही मेहनत आज आर्कषक व्यवसायमा परिवर्तन भएको छ ।

उनको भविष्यमा सलोन गर्ने सोच थियो तर अहिले तत्काल गर्ने सोच थिएन । नेपालमा भएको लक डाउनको कारण उनलाई त्यो अबसर जुरेको हो । सलोनको लागी स्थान खाली भएर पनि उनले त्यो दिनमा सलोन खोलेकी थिइन् । उनले सेलेन खोल्नको लागी काठमाण्डौ र अमेरिका बस्दा त्यहाँका टप सेलनको अध्ययन गरेकी थिइन ।

उनले नेपालमा काम सानो ठूलो हुने र नेपालमा सिस्टम विनानै काम हुने कुरालाई सानै देखी औल्याएकी थिइन् । त्यसैले उनले जुन काम गरे पनि सिस्टममा गर्ने र कामलाई सानो ठूलो भनेर न छुट्याउने निर्णय गरेकी थिइन् । त्यसैको प्रतिफल आज उनले ब्लुबर्ड कम्प्लेक्समा रहेको ऐना सेलुनबाट पाएकी छिन् ।

भेस्पाको म पहिलो कस्टुमर हो । यो निकै आर्कषक र राम्रो माइलेज भएको स्कुटर हो । तर यो सजिलै लड्ने र नेपालको खाल्डा खुल्डी सडकलाई नसुहाउने खालको भएकोले मैले बिकल्प खोज्दा टिभिएस एनटर्क पाए । एनटर्क निकै सजिलो छ खाल्डा खुल्डीमा पनि सजिलै लड्दैन । यसको माइलेज वाहेक सबै कुरा राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *