यहि आउँदो मँसिर १६ गते देखि १८ गते सम्म काठमाण्डौंमा अन्तरराष्ट्रिय स्तरको विद्युतीय सवारीसाधनको मेला लाग्ने भएको छ ।
विश्व बजारमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र नेपालमा यसको उज्ज्वल भविष्य देखेर मेलाको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । मेलामा विद्युतीय सवारीसाधन, त्यससँग सम्बन्धित पार्ट्स, उपकरण, औजार तथा चार्जिङ्ग सम्बन्धि वस्तुहरुको प्रदर्शनी गरिने बताइएको छ ।
नेपालमा सवारीसाधनका उत्पादकले आफैं सहभागी भएर प्रदर्शनी गर्न लागिएको यो पहिलो मेला पनि हो ।
भारत, चीन, बंगलादेश लगायतका मुलुकबाट विद्युतीय सवारीसाधन तथा त्यस सम्बन्धि वस्तुको उत्पादन गर्ने कम्पनी नै सहभागी हुने हुनाले नेपालमा डिस्ट्रिव्युटर लिन चाहने व्यवसायीहरुको लागि पनि मेला महत्वपुर्ण थलो हुने विश्वास आयोजकले गरेको छ ।
नेपालमा पहिले देखि नै डिस्ट्रिव्यटर लिइसकेका ब्राण्डहरुले पनि सहभागिता जनाउने बताइएको छ ।
प्रवेश निःशुल्क भएकाले आम उपभोक्ता वा सवारीसाधन खरिद गर्ने सम्भावित ग्राहकहरुको मेलामा उल्लेख्य उपस्थिति हुने आशा गरिएको छ ।
मेलाको आयोजना भारतको एसडि एक्स्पो मिडियाले गर्दैछ ।