नेपाल आयल निगमले पछिल्लो डेढ महिनामा पौने दुई अर्ब नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको भन्दै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने उपभोक्तालाई राहत दिएको छैन । बरु, अझै घाटामै रहेको भन्दै पुरानै मूल्य कायम राखेको छ ।
अहिले पनि निगम १९ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको बताए । ‘आइओसीलाई बक्यौता नै १९ अर्ब ११ करोड रूपैयाँ तिर्नुपर्नेछ । अर्कातिर थप १० अर्ब रुपैयाँ ऋणको भार पनि छ,’ उपाध्यायले भने, ‘अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेका वेला बजार मागअनुसार इन्धन आपूर्ति गर्दा यो सबै दायित्व आइपरेको हो ।
त्यसैले तेल बेचेर नाफा आर्जन गरी बक्यौता तिर्ने र ऋणमुक्त हुनेभन्दा अर्को विकल्प छैन ।’
निगमले अर्थ मन्त्रालयको समन्वयमा सात अर्ब रुपैयाँ सरकारबाट सहुलियत ऋण लिएको छ भने टेकुस्थित मुख्यालय धितोमा राखेर तीन अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको छ ।