इन्धनको आपूर्तिमा कहिल्यै असर पर्न दिएनौँ

विनीतमणि उपाध्याय,
प्रवक्ता – आयल निगम

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ठूलो दरले बढ्दा हामीले महिनामै करिब १० अर्ब रुपैयाँ नोक्सान खेप्यौँ । त्यति हुँदा पनि उपभोक्ताको मागअनुसार इन्धनको आपूर्तिमा कहिल्यै असर पर्न दिएनौँ । आगामी दिनमा पनि पेट्रोलियम पदार्थको सहज कारोबार गर्नका लागि अहिले प्राप्त भइरहेको छिटफुट नाफा हेरेर मूल्य घटाउन सकिने स्थिति छैन ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले २० महिनासम्म निरन्तर खेपेको घाटाका कारण अहिले नै प्राप्त नाफालाई हेरेर निगम मूल्य समायोजन गर्ने अवस्थामा नरहेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ठूलो दरले बढेर हामीले महिनामै करिब १० अर्ब रुपैयाँ नोक्सान खेप्दा पनि उपभोक्ताको मागअनुसार इन्धनको आपूर्तिमा कहिल्यै असर पर्न दिएका थिएनौँ,’ उनले भने, ‘आगामी दिनमा पनि पेट्रोलियम पदार्थको सहज कारोबार गर्न अहिले प्राप्त भइरहेको छिटफुट नाफाका वेला मूल्य घटाउन सकिने स्थिति छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *