पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन हुने भएको छ ।
साधारणसभा तथा अधिवेशनमा संस्थाका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।
उक्त साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारितका साथै यस एसेसिएसनको आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची रहेको छ, त्यसैगरी साधारण सभा तथा अधिवेशनमा विगतमा जस्तै यस वर्ष पनि संस्थाका सदस्यहरुका घरपरिवार मध्येबाट २०७८ को एसईई परीक्षमा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण गरेको छात्र, छात्रालाई सम्मान कायक्रम पनि रहेको हुँदा विद्यालयले प्रदान गरेको सर्टिफिकेट, मार्कसिट, निवेदन र फोटोसहित कार्तिक १८ गतेभित्र संस्थाको कार्यालय नयाँबजार, पोखरामा बुझाउन अनुरोध गरेको थियो ।