नेपालमा पहिलो रोजाइमा परेको टाटाको ५० हजार औं विद्युतीय कार

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स ५० हजार औं विद्युतीय कार उत्पादन गरेको छ। सोमबार कम्पनीले उक्त कार प्लान्टबाट रोलआउट भएको जनाएको छ ।
टाटा मोटर्सले भारतमा प्यासेन्जर सेगमेन्टमा नेक्सन ईभी र टिगोर ईभी उत्पादन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा टियागो ईभी समेत बिक्रीका लागि बजारमा ल्याउँदै छ। टाटा मोटर्सको पुने प्लान्टबाट ५० हजार औं विद्युतीय कारका रुपमा सेतो रंगको नेक्सन ईभी म्याक्स उत्पादन गरेको हो।

भारतमा विद्युतीय सवारीको स्वीकार्यता बढाउँदै उपभोक्तालाई गुणस्तरीय विद्युतीय सवारी उपलब्ध गराउन सक्षम भएको पछिल्लो उपलब्धिले पुष्टि गरेको टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले बताए। टाटा मोटर्सले २०२२ मेमा नेक्सन ईभीलाईको म्याक्स भर्सन सार्वजनिक गरेको थियो।

ठूलो ब्याट्रीसहित ४ सय ३७ किलोमिटर रेन्ज दाबी गरेर टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको थियो। जसको लोकप्रियता भारतमा उल्लेख्य रुपमा बढेको छ। यता नेपालमा रेगुलर नेक्सन ईभी उपलब्ध भएपनि महँगो पर्ने भएकाले म्याक्स आउन सकेको छैन।

नेक्सन ईभी, म्याक्स र टिगोर ईभीपछि टाटा मोटर्सले सस्तो मूल्यमा टियागो ईभी सार्वजनिक गर्ने बताइसकेको छ। ह्याचब्याक सेगमेन्टको यो विद्युतीय कारले पनि एकपटकको फुल चार्जमा ३ सय १५ किमि रेन्ज दिने दाबी गरिएको छ। यो ईभी पनि दुई ब्याट्री अप्सनमा आउनेछ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन ईभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई ‍लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ ।

आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमताले गर्दा नेपाली बजारमा लोकप्रिय भएको सिप्रदीले जानकारी दिएको छ। द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताका कारणले प्रयोगकर्ताको रोजाइमा परिरहेको कम्पनीको भनाइ छ । नेपालमा पनि सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभी बिक्री सुरु गरेको गएको साउनमा एक वर्ष पूरा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *