टायरको महत्व

सवारी साधनहरुमा टायर र ट्यूबको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । टायरमा प्रयोग हुने रबर,फलामको तार र रबरले बनेको हुन्छ । जमीनमा गुड्ने भागमा मोटो सिन्थेटिक रबरको बाक्लो तह चढाइएको हुन्छ । जसलाई ट्रेड भनिन्छ । टायरको भारमा बहन क्षमता टायरमा प्रयोग भएको धागो अर्थात प्लाईमा निर्भरमा गर्दछ । धागोमा साटोमा आधुनिक ट्यूबलेस टायरमा तारको पनि प्रयोग गरिएको हुन्छ ।
टायरमा प्रयोग गरिएको प्लाईको आधारमा तीन प्रकारको टायर हुन्छ । रेडियल प्लाई टायर, तार र धागोहरु टायरको बीच भागमा समान दुरीमा राखिएको हुन्छ । यो टायर आरामदायी हुन्छ । तर गुड्दा असंतुलन हुने सम्भावना बढी हुन्छ । बलियो बनाउनलाई फाइवर ग्लास, फलामेतार वा रेशमको धागो राखी बनाएको हुन्छ । बायस प्लाई वा क्रस प्लाई टायरमा ४० डिग्री देखि ४५ डिग्रीको कोणमा क्रस हुने गरी बुनिएको हुन्छ । बायस टायर कडा हुन्छ भने रेडियल टायर नरम हुन्छ । त्यसैले रेडियल प्रयोग बढ्दै गएको छ ।
सानोमा गाडीमा प्रयोग हुने रेडियल टायरको साइज १५५/६५ आर १२ हुन्छ भने यसको अर्थ टायरमा हावा हाल्दा दुवैतर्फ फुल्ने चौडाईको भाग १५५ मिलिमिटर हो । ६५ मिलिमिटर भनेको रिमको बीड सम्मको भाग अर्थात् टायरको उचाई भनेर जनाउँछ ।
आर भनेको रेडियल हो, जुन १२ इञ्चले टायरको भित्री डायामिटर (ब्यास) जनाउँछ । जानकारी होस् १५५/६५ को उचाई मिलिमिटरमा हुन्छ र आर पछिको अंग ईन्चमा हुन्छ । हेभी गाडीहरुको सबै टायरको साइज ईन्चमा दिइएको हुन्छ । जस्तै: ९.००-२० अंक भएको बायस टायर भएमा – ९.०० ईन्च भनेको टायरमा हावा भरेपछि फुल्दाको भाग हो । २० अंक भनेको टायरको भित्री डायमिटर (ब्यास) जनाउँछ । अर्थात् टायरको भित्री डायमिटर २० ईन्च भनेर जनाउँछ ।
टायरमा सधै उचित हावाको चाप राख्नु उत्तम हुन्छ । गाडी गुडिरहेको बेलामा काँटी, किला, काँडा, फलामको टुक्रा, शिशा आदि गडेको हुन सक्छ, तसर्थ बेला-बेलामा गाडी रोकी टायरलाई निरन्तर निरिक्षण गरिराख्नु पर्दछ । बाटोमा समस्याले टायरमा भार परेको हुनसक्छ, त्यसैले प्रत्येक ६००० किमीको अन्तरालमा टायर हेरि रोटेशन गर्नुपर्दछ, जसले गर्दा टायरहरु एकनासले दुवैतिर बराबर खिइयोस् र यसरी टायरको हेरचाह र ध्यान पु¥याउँदा टायरको आयू निश्चित रुपमा बढ्दछ ।
ट्यूब वा ट्यूबलेस टायर भएमा व्हील रिममा भल्व ट्यूब लगाइन्छ, यसले एकातर्फी भल्बको काम गर्दछ । हावाको प्रेसरले स्प्रिङगलाई खुम्चयाउँदै भल्व तल च्यापिन्छ र हावा टायर र ट्यूबमा पस्छ । हावाको प्रेसर कम हुने बित्तिकै स्प्रिङगले भल्बलाई आफनो ठाउँमा पुनस्फर्किन्छ । यसरी टायर भित्रको हावा बाहिर निस्कन पाउदैन । भल्ब लक नट, प्रेसर पिन, रबरको भल्ब स्प्रिङगबाट बनेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *